फाइल तस्वीर

राजनीति

कञ्चनपुर ३ मा कांग्रेसका रमेश लेखक निर्वाचित

By खबरहब

November 23, 2022

काठमाडौँ- प्रतिनिधिसभामा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका रमेश लेखक निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गर्दै लेखक निर्वाचित भएका हुन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखकले ३० हजार ५२३ मत प्राप्त गर्दा एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत पाइन् ।

९७ हजार ८२२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ५७ हजार ७५८ मत खसेको थियो ।