फाइल तस्वीर

राजनीति

नागरिक उन्मुक्तिकी श्रेष्ठ रञ्जिताको अग्रता कायमै

By खबरहब

November 23, 2022

धनगढी– कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता कायम राखेकी छन् । 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार ३९९०६ मत गणना हुँदा उनी १८३८३ मतका साथ अग्रता कायमै राखेकी हुन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ११ हजार १५८ मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल ३ हजार ९१४ मतका साथ तेस्रो स्थानमा छन्।

निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि ११ उम्मेदवार मैदानमा छन् ।