ब्रेकिङ स्टोरी

समानुपातिकतर्फ एमाले पहिलाे स्थानमा, माओवादी केन्द्र चौथो

By खबरहब

November 23, 2022

काठमाडौँ – प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म भएको मतगणनामा एमालेले समानुपातिकतर्फ ३ लाख एक हजार ५९८ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २ लाख ८० हजार २७२ मत प्राप्त गरेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी एक लाख ५१ हजार ५९ मतसहित तेस्रो स्थानमा छ । भने नेकपा माओवादी केन्द्रले एक लाख ३६ हजार ५९८ मतका साथ चौथो स्थानमा छ । यसैगरी पाँचौं स्थानमा रहेको राप्रपाले ७९ हजार ९२८ मत प्राप्त गरेको छ ।