राजनीति

दार्चुलाबाट दिलेन्द्रप्रसाद बडू निर्वाचित, एमालेका ठगुन्ना पराजित

By खबरहब

November 23, 2022

काठमाडौँ – एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेपाली कांग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाललाई पराजित गरेका छन् ।

बडूले २८ हजार पाँच सय १५ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ठगुन्ना २६ हजार तीन सय ८१ मत ल्याएर पराजित गरे। मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका अनुसार ८९ हजार एक सय ५४ मतदाता रहेको दार्चुलामा ५८ हजार ५८ मत खसेको थियो।