राजनीति

पश्चिम नवलपरासी २ मा राप्रपाको अग्रताको कायमै

By खबरहब

November 23, 2022

काठमाडौँ – पश्चिम नवलपरासी क्षेत्र नं २ को प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार धु्रब बहादुर प्रधानले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार प्रधानले १८ हजार १२७ मत प्राप्त गरेका छन् ।

यस्तै दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका देवेन्द्रराज कँडेलले १० हजार ३८९ मत प्राप्त गरेका छन्। भने नौ हजार ५२४ मत प्राप्त गर्दै नेकपा एमालेका दिपेन्द्र अधिकारी तेस्रो स्थानमा छन् ।