राजनीति

म्याग्दीमा कांग्रेसका खमबहादुर गर्बुजा विजयी

By खबरहब

November 23, 2022

काठमाडौँ – एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई तीन हजार ८३२ मतले पराजित गरेका हुन् ।

बुधबार सम्पन्न मतगणनामा कांग्रेसका गर्बुजाले २४ हजार २१ मत प्राप्त गरेका छन् । भने नेकपा एमाले श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरेका छन् ।