फाइल फोटो

खेलकुद

भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित

By खबरहब

December 23, 2022

काठमाडौं– बंगबन्धु एसियाली यू-२३ सेन्ट्रल एसियाली जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा शुक्रबार नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

श्रीलंकाले नेपाललाई २६-२४, २५-१८ र २५-१७ ले पराजित गरेको छ । यससँगै नेपालको उपाधिको सम्भावना सकिएको छ । यसअघि नेपाल आयोजक बंगलादेशसँग पराजित भएको थियो ।

अब नेपालले शनिबार लिग चरणको आफ्नो अन्तिम खेल किर्गिस्तानसँग खेल्ने छ ।