फाइल तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

महिलालाई दिइने अधिकारले अफगानिस्तानको स्थीरता निर्धारण गर्छ : अमेरिकी प्रतिनिधि

By खबरहब

December 23, 2022

काठमाडौँ- अफगानिस्तानको स्थीरता त्यहाँ महिलाहरुलाई गरिने व्यवहारमा निर्भर गर्ने अमेरिकी अधिकारीले जनाएका छन् । अफगानिस्तानका लागि विशेष अमेरिकी प्रतिनिधि थोमस वेस्टले अफगानिस्तानको स्थीरता त्यहाँ महिलाले प्राप्त गर्ने अधिकारमा भर पर्ने जनाएका हुन् ।

खामा प्रेसले जनाएअनुसार अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका प्रतिनिधिसँगको कुराकानीमा विशेष अमेरिकी प्रतिनिधि वेस्टले यस्तो टिप्पणी गरेका हुन् ।

अफगानिस्तानमा महिला अधिकार उल्लङ्घनका घटना बढेको भन्दै अमेरिकाले असन्तुष्टि जनाइरहेका बेला अमेरिकी प्रतिनिधिको यस्तो टिप्पणी सार्वजनिक भएको हो ।

तालिबानका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा वेस्टले अफगानिस्तानको सुरक्षा अवस्थाबारे पनि चासो जनाएको खामाप्रेसले उल्लेख गरेको छ ।

खासगरी अफगानिस्तानमा अल कायदा र इस्लामिक स्टेटजस्ता आतंककारी समूहको सक्रियताप्रति अमेरिका चिन्तित रहेको बताइएको छ ।