मनोरञ्जन

भोजपुरीमा व्यस्त बन्दै शिल्पा पोखरेल

By खबरहब

January 24, 2022

काठमाडौं – अभिनेत्री शिल्पा पोखरेलको व्यस्तता भोजपुरी फिल्ममा देखिएको छ । उनी एकसाथ भोजपुरी फिल्म ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा काम गर्न लागेकी छन् ।

कोरोना त्रास भन्दा पहिला चलचित्र ‘जय शम्भु’ बाट भोजपुरीमा डेब्यू गरेकी शिल्पाले एकसाथ दुई फिल्म पाएकी हुन् ।

शिल्पा सोनु खत्रीको निर्देशनमा बन्न लागेका दुई फिल्ममा अनुबन्ध हुन लागेकी हुन् ।

दुवै चलचित्रमा शिल्पाले भोजपुरी सुपरस्टार दिनेश लाल यादव निरहुआसँग अभिनय गर्नेछिन्।

शिल्पाले आफू भोजपुरीमा स्थान बनाउन चाहेको बताएकी छन् । म्युजिक भिडियोबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी शिल्पा नेपाली चलचित्र हुँदै भोजपुरीमा जम्न थालेकी हुन् ।