सांकेतिक तस्बिर

समाचार

दाङमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

By खबरहब

January 24, 2022

दाङ – मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सवार एक जना घाइते भएका छन् ।

लमही नगरपालिका ६ बलरामपुरमारा ५ प ५७ १४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तुलसिपुर उपमहानगरपालिका १२ का २५ वर्षीय अरुण देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका उनको उपचारका क्रममा लमहीस्थित लमही अस्पतालमा मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार चितवनको भरतपुर महानगरपालिका ७ का ३५ वर्षीय रामप्रसाद सापकोटाको लमही अस्पतालमा उपचार भइरहेको छ । लमहीबाट गढवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।