आर्थिक

सुनचाँदीको भाउ स्थिर

By खबरहब

January 24, 2022

काठमाडौं– साताको दोस्रो दिन सोमबार नेपालमा सुनचाँदीको स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीकोे भाउ स्थिर छ ।

सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोही मूल्यमा आइतबार कारोबार भएको महासंघले जनाएको छ ।

यसैगरी सोमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।