देश/प्रदेश

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुग्यो

By खबरहब

January 24, 2022

काठमाडौँ– नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।

आज १० हजार ३१९ जनामा नयाँ संक्रमण देखिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको हो ।

मन्त्रालयका अनुसार आज २ हजार ५४० जना डिस्चार्ज भएका छन् । अहिले १४९ जना क्वारेन्टिनमा छन्।