फाइल फोटो

खेलकुद

मच्छिन्द्रसँग संकटा पराजित

By खबरहब

January 24, 2022

पोखरा– मछिन्द्र क्लव पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र सेमिफाइनल प्रवेश गरेको हो ।

मछिन्द्रको जितमा मेसुके ओलामोउले २ तथा उत्सव राई र अभिषेक गुरुङले १-१ गोलको योगदान दिए ।

संकटाका लागि गणेश हमालले सान्त्वना गोल फर्काए । खेलको १३ औं मिनेटमा उत्सवको गोलबाट अघि बढेको मछिन्द्रका लागि ४७ औँ मिनेटमा मेसुकेले दोस्रो गोल गरे । खेलको ६३ औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए । अभिषेकले ८४ औं मिनेटमा र ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो तथा टीमका लागि चौथो गोल हिर्काए ।

मेसुके म्यान अफ दी म्याच भए । मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।