आर्थिक

मुक्तिनाथ बैंकले ल्यायो सर्वाधिक ब्याज दिने आकर्षक बचत खाता

By खबरहब

January 24, 2022

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले मात्र १० हजारको न्यूनतम मौजदमै मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत खाता खोल्न सक्ने गरी नयाँ खाता सञ्चालनमा ल्याएको हो ।

यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ७.३५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने बैंकले जनाएको छ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्क मा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।