राजनीति

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

By खबरहब

February 24, 2022

काठमाडौँ – प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।

आजको संसद बैठकको कार्यसूचीलाई अन्तिम रुप दिनेबारेमा बैठकमा छलफल भइरहेको छ।

सरकारले फागुन ८ गते संसदमा टेबल गरेको अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आजबाट प्रतिनिधिसभामा छलफल हुँदैछ।

प्रधानमन्त्री देउवा एमसीसी पास गर्नुपर्ने पक्षमा छन् । तर सत्ता साझेदार नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी राष्टिय जनामोर्चा एमसिसीको विपक्षमा उभिएका छन्।