फाइल तस्वीर

समाचार

पर्वतमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

By खबरहब

February 24, 2022

काठमाडौँ- पर्वतको महाशिला गाँउपालिका–१ जमपुरमा बुधबार राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ३४ बर्षीय रन बहादुर राना रहेका छन् ।

भोक्सिङ–होश्राङदी सडकखण्ड अन्र्तगत जमपुरमा बुधबार राति राना सवार लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लुङखुले जनाएको छ ।