फाइल तस्वीर ।

राजनीति

नेकपा एसका मन्त्रीहरु एमसीसीको पक्षमा, कार्यकर्ता विपक्षमा

By खबरहब

February 24, 2022

काठमाडौँ – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरू एमसीसीको पक्षमा उभिँदा नेताहरू भने विपक्षमा देखिएका छन्।

नेकपा एसबाट सरकारमा सहभागी भएका मन्त्रीहरू एमसीसी सदनबाट अनुमोदन गराउनु पर्ने पक्षमा छन् । शीर्ष नेताहरू एमसीसीको विपक्षमा उभिँदै कार्यकर्तालाई सडकमा उतारेका छन् ।

नेकपा एसबाट सरकारमा सहभागी मन्त्रीहरू किसान श्रेष्ठ, रामकुमारी झाँक्री र प्रेमबहादुर आले एमसीसीको पक्षमा छन् ।

तर, शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमसीसीको विपक्षमा छन् । अध्यक्ष माधवकुमार नेपाल पक्ष वा विपक्षमा स्पष्ट रुपमा खुलेका छैनन् । तर, पार्टीको निर्देशनमा नेकपा एसनिकट भ्रातृ संगठनका नेता कार्यकर्तामा एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् ।