प्रतीकात्मक तस्वीर ।

अपराध

बन्दुकसहित तीन जना पक्राउ

By खबरहब

February 24, 2022

कैलाली- सशस्त्र प्रहरीले आज बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणमातहतको बिओपीबाट खटिएको गस्ती टोलीले कैलारी गाउँपालिका–५ छोटीपलियाबाट कैलारी–३ का लौटन चौधरी, सोही ठाउँका नीरेन्द्र चौधरी र सन्तराम चौधरीलाई एक थान दुईनाले बाह्रबोरको बन्दुकसहित पक्राउ गरेको प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिए ।

गुडिरहेको से २ प ८९२ नं को बजाजको डिस्कोभर मोटरसाइकल रोकी जाँच गर्दा इजाजत नभएको एक थान बन्दुकसहित पाँच थान बन्दुकमा प्रयोग हुने टोटा÷कार्टिज, तीन थान मोबाइल र उक्त मोटरसाइकल बरामद गरिएको जनाइएको छ ।