मुख्य समाचार

भोलि दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित

By खबरहब

February 24, 2022

काठमाडौँ- सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।

बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तयार भएको थियो । प्रमुख प्रतिपक्ष दल एमालेलाई मनाउनका लागि सरकारले प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको संसद् सचिवालयले जनाएको छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।