अन्तर्राष्ट्रिय

युक्रेनको राजधानी किभको जनसंख्या विस्थापित हुँदै

By खबरहब

February 24, 2022

काठमाडौँ- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा शेना परिचालन गरेका छन् । बीबीसीले प्राप्त गरेको रिर्पोट अनुसार बुधबार बिहान नेपाली समय अनुसार साढे आठ बजे बम्ब प्रहार र मिसाईल प्रहार सुरु गरेको हो ।

युक्रेनको राजधानी किभमा आकस्मिक साईरन बजेसँगै, मानिसहरुले एक्सप्रेसमाध्यमबाट सहर छोड्नेको बढेको छ । सो क्षेत्रमा मानिसहरु त्रसित अवस्थामा छन् भने सामाजिक संजालमा क्षेत्र तनावग्रस्त बन्दै गएको प्रतिक्रिया आईरहेका छन् ।

मानिसहरु घरको तहखाना र बम्ब प्रतिरोधात्मक आश्रय स्थानमा ज्यान बचाउन बसिरहेका छन् । स्थानीय टेलिभिजन प्रसारणमा पनि मानिसहरु सडकमा समुह बनाएर प्रार्थन गरिरहेको देख्न सकिन्छ ।

सडकमा मानिसको संख्या घटेको र एटीएम मेसिन भएका क्षेत्रमा मानिस लामबद्ध भएको किभमा भएका बेलायातका पत्रकार ल्यूक हार्डिङले ट्वीट गरेका छन् ।