मुख्य समाचार

युक्रेनी भूभागलाई स्वतन्त्र राज्य मान्ने रुसी कदम राष्ट्रसंघीय बडापत्रविपरीत : नेपाल

By खबरहब

February 24, 2022

काठमाडौं– नेपालले युक्रेनको दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य मान्ने रुसको घोषणा संयुक्त राष्ट्रसंघीय बडापत्र विपरीत रहेको जनाएको छ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसको नाम उल्लेख नगरी जारी गरेको विज्ञप्तिमा नेपाल सरकारले राष्ट्रसंघीय बडापत्रको सम्मान गर्न रुसलाई आग्रह गरेको छ। नेपालले युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै राष्ट्रसंघीय बडापत्रमा उल्लेखित सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सबै सदस्य राष्ट्रले मान्नुपर्ने जनाएको हो।

नेपालले कुनै पनि अवस्थामा हुने आक्रमणको विरोध गर्ने र कुनै पनि सङ्घर्षको शान्तिपूर्णरूपमा कूटनीति र संवादबाट हल खोज्नुपर्ने उल्लेख गर्दै रुसले युक्रेनमाथि गरेको हमलाको समेत कूटनीतिक रुपमा निन्दा गरेको छ। विज्ञप्तिमा नेपालले सबै पक्षलाई तनाव नचर्काउन पनि आग्रह गरेको छ।