अन्तर्राष्ट्रिय

रुसी गाडीको युक्रेन प्रवेश

By खबरहब

February 24, 2022

काठमाडौँ- रुसको एक शैनिक गाडी युक्रेनका क्रिमियन प्रायद्धीप हुँदै दक्षिणी क्षेत्रमा प्रवेश गरेको खुलेको छ । युक्रेनको सीमा सुरक्षा बल (डीपीएसयू) ले बुधबार सार्वजनिक गरेको एक तस्वीरमा रुसको शैनिक गाडीले प्रवेश गरेको देख्न सकिन्छ ।

डीपीएसयूका अनुसार रुसी सेनाहरुले बन्दुक चलाएपश्चात गाडीलाई प्रवेश गराइएको थियो । रुसी शैनिक गाडीले रुसको पूर्वी र दक्षिणी क्षेत्रबाट पनि प्रवेश गरेको युक्रेन सरकारले दाबी गरेका छन् ।