फाइल फोटो

खेलकुद

एएफसी एसियन कप छनोटः नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग भिड्ने

By खबरहब

February 24, 2022

काठमाडौँ– एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा नेपाललगायत जोर्डन, कुवेत र इन्डोनेसिया रहेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले जोर्डनसँग २०२२ जुन ८ तारिखमा प्रतिस्पर्धा गर्नेछ । नेपालले दोस्रो खेलमा कुवतेसँग ११ जुनमा र तेस्रो खेलमा इन्डोनेसियासँग १४ जुनमा भिड्नेछ ।

समूह ‘बी’ मा प्यालेस्टाइन, फिलिपिन्स, यमन र मंगोलिया रहेका छन् । समूह ‘डी’ मा भारत, हङकङ, अफगानिस्तान र कम्बोडिया रहेका छन् ।

समूह ‘ई’ मा बहराइन, तुर्कमेनिस्तान, मलेसिया र बंगलादेश छन् । समूह ‘एफ’ मा किर्गिजस्तान, ताजिकिस्तान, म्यानमार र सिङ्गापुर रहेका छन् ।