राजनीति

प्रधानमन्त्री देउवा र ओलीबीचको छलफल सकियो

By खबरहब

February 24, 2022

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा दुई शीर्ष नेताबीच एमसीसीसहित संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको हो ।

‘प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसीसीसहितको विषयमा छलफल भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने ।

भेटवार्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत सहभागी थिए ।

एमसीसीमाथि छलफल गर्ने गरी बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि काँग्रेस र एमालेका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।