आर्थिक

सुनको मूल्य एकैपटक २ हजार पाँच सयले बढ्यो

By खबरहब

February 24, 2022

काठमाडौँ– सुनको मूल्य उकालो लाग्न थालेको छ ।

बिहीबार सुनको मूल्य एकैपटक प्रतितोला २५ सय रुपैयाँले बढेको हो । यसअघि, बुधबार तेजावी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ थियो ।

सुनको मूल्य बढेपछि बिहीबार ९९ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, तेजावी सुनको बिहीबारको कारोबार मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ रहेको छ । त्यसैगरी, चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ ।

यसअघि, बुधबार चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।