आर्थिक

सेयर बजार राताम्मे, नेप्से परिसूचक ५८.९९ अङ्कले घट्यो

By खबरहब

February 24, 2022

काठमाडौँ- साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । बिहिबार नेप्से परिसूचक ५८.९९ अङ्कले घट्दा २ हजार ६६१.४४ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ८४ लाख ९० हजार ६८९ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब २९ करोड ३८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा नेसनल हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको २६ करोड ९७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय १५ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : घलेम्दी हाइड्रो र हिमालयन डिस्टिलरीको कारोबार भएको छ ।

बिहीबारको कारोबारमा १३ वटै उपसमूह घटेको छ। आज नेप्सेमा घलेम्दी हिमालयन इन्सयोरेंस रसन राइज फर्स्ट इन्स्योरेन्सका लगानीकर्ताले अत्यधिक कमाएका छन्। भने युनिभर्सल पावर कम्पनी र न्याग्दी हाइड्रोपावरका लगानीकर्ताले अधिक गुमाएका छन् ।