आर्थिक

नेप्से आज ५८ अंकले घट्यो, ४ अर्ब २९ करोडको कारोबार

By खबरहब

February 24, 2022

काठमाडौँ– बिहीबार शेयर बजार उच्च अंकले घटेको छ । साताको अन्तिम दिन नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २६ सय ६१ दशमलव ४४ बिन्दु कायम भएको हो ।

सेन्सेटिभ इन्डेक्स पनि बिहीबार १० दशमलव ३६ अंकले घटेर ५ सय ७ दशमलव ५८ बिन्दुमा रोकिएको छ ।

बिहीबार २२९ कम्पनीको ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ बराबरको ८४ लाख ९० हजार ६८९ कित्ता शेयर खरिद बिक्री भएको नेप्से जनाएको छ ।