क्रिकेट

ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रदेश १ को पहिलो जित

By खबरहब

February 24, 2022

काठमाडौँ- ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रदेश १ ले पहिलो जित निकालेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।

लुम्बिनीले दिएको ८० रनको लक्ष्य प्रदेश १ ले १५ ओभर ४ बलमा १ विकेट गुमाएर भेटायो ।

प्रदेश १ को जितमा कप्तान रुबिना क्षेत्रीले सर्वाधिक नटआउट ४८ रन बनाईन भने काजल श्रेष्ठले २० रन जोडे ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर ७९ रन बनायो । लुम्बिनीलाई सस्तैमा समेट्न सबनम राईले ३ र रुबिना क्षेत्रीले १ विकेट लिए ।