फाइल फोटो

अन्तर्राष्ट्रिय

युक्रेनले तोड्यो रूससँगको कूटनीतिक सम्बन्ध

By खबरहब

February 24, 2022

काठमाडौँ– रुसले आफ्नो देशमा आक्रमण गरेपछि युक्रेनले रूससँगको कूटनीतिक सम्बन्ध तोडेको छ ।

रुसी राष्ट्रपतिले युक्रेनमा सैनिक कारवाहीको घोषणा गरेसँगै भएको सैनिक कारवाहीपछि युक्रेनले रूससँगको कूटनीतिक सम्बन्ध तोडेको हो । नेपाली समयअनुसार बिहीबार बिहानैबाट रूसी सेनाले युक्रेनका विभिन्न शहरमा सैनिक आक्रमण र क्षेप्यास्त्र हमला गरिरहेको छ ।

रुससँगको कूटनीतिक सम्बन्ध बिच्छेद गर्नुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनभरि लागू हुने गरी मार्सल कानुनको घोषणा गरेका थिए ।