क्रिकेट

विश्वकप ग्लोबल छनोट ए मा कुशलको पाँचौं अर्धशतकसँगै नेपालको तेस्रो स्थान

By एसेन्स श्रेष्ठ

February 24, 2022

काठमाडौँ- आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोलीलाई ९ विकेटले पराजित गर्दैँ छनोटको सुखद अन्त्य गरेको हो ।

जितसँगै नेपालले छनोटमा ४–१ को विजयी अंक बनाउन सफल भएको छ । ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १६ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो ।

नेपालको जितमा कुशल भुर्तेलले नटआउट ५५ रन, आरिफ शेखले नटआउट २१ रन र आसिफ शेखले १४ रन बनाए ।

आजको खेलमा कुशलले अन्तर्राष्ट्रिय टी–ट्वान्टीमा आफ्नो पाँचौं अर्धशतक बनाएका छन् । पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको हो ।

ओमानलाई उच्च योगफल बनाउन बाट रोक्न सन्दीप लामिछानेले ३ विकेट लिए भने कमल ऐरी, आरिफ शेख, अबिनाश बोहोरा, र सागर ढकालले १–१ विकेट लिए ।