अन्तर्राष्ट्रिय

रुसले गरेको आक्रमणमा ४० भन्दाबढी युक्रेनी सैनिकको मृत्यु

By खबरहब

February 24, 2022

काठमाडौँ– रुसले गरेको सैनिक आक्रमणबाट अहिलेसम्म ४० जनाभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको छ ।

युक्रेनी राष्ट्रपति कार्यालयका अनुसार रुसी सीमा क्षेत्रमा ती सैनिकहरू मारिएका हुन् ।

रुसले नेपाली समयअनुसार आज बिहानैबाट युक्रेनको राजधानी किएभसहित मुख्य शहरहरूमा क्षेप्यास्त्र हमला गरिरहेको छ ।

तस्वीर– एरिस मेसिनिस/एएफपी)