मुख्य समाचार

काँग्रेस-एमाले नेताहरूबीच बालुवाटारमा छलफल सुरु

By खबरहब

February 24, 2022

काठमाडौँ- नेपाली काँग्रेस र एमालेका शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ । बिहीबार राति एमाले नेताहरू छलफलका लागि बालुवाटार पुगेका थिए ।

बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलका क्रममा साँझ फेरि कुराकानी गर्ने सहमति नेताहरूबीच भएको थियो ।

संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन् ।

दिउँसो एमाले अध्यक्ष ओली र देउवाले पार्टीका नेताहरुसँगै संयुक्त रुपमा छलफल गरेका थिए भने एक्ला एक्लै वार्ता पनि गरेका थिए । त्यसपछि ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर पुन बेलुका बस्ने बताएका थिए ।

देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रसँग पनि छलफल गरेको छ ।

एमसीसीका कारण पछिल्लो समय राजनीतिक ध्रुवीकरण बढेको छ ।