मुख्य समाचार

काँग्रेस–एमाले बैठक निष्कर्षविहीन, ओलीको अडान कायमै

By खबरहब

February 24, 2022

काठमाडौँ– नेपाली काँग्रेस र नेकपा एमालेबीचको बैठक बिनानिष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार राति भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो अडान दोहो¥याएपछि बैठक निष्कर्षविहीन भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा टेबल भएको एमसीसी सम्झौता अधिकतम् सहमतिमा पारित गर्न प्रस्ताव गरेका थिए ।

जवाफमा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले एमालेले संसद् अवरोधको कारण समाधान नभएसम्म नयाँ परिस्थिति नबन्ने जवाफ दिएका छन् ।

दुई पार्टीबीचको छलफल सकिएपछि नेपाली काँग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

बैठकमा प्रधानमन्त्री देउवा, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी भएका थिए । त्यस्तै, नेकपा एमालेबाट अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी भएका थिए ।