राजनीति

नेकपा एसका अध्यक्ष नेपाल र चिनियाँ नेताबीच छलफल

By खबरहब

February 24, 2022

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री चेन झोउबीच भर्चुअल छलफल भएको छ ।

छलफलमा उपमन्त्री चेनले नेपाली जनतालाई स्वतन्त्र रूपमा विकासको बाटो रोज्न चिनियाँ पक्षले सहयोग गरिरहने बताएको विभागले जानकारी दिएको छ ।

उनीहरूबीच दुवै देश र दुवै कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विस्तार तथा परस्पर सहयोगका विषयमा पनि छलफल भएको छ ।

छलफलमा अध्यक्ष नेपालले दुई पक्षीय अनुभव आदानप्रदान तथा दुवै कम्युनिष्ट पार्टीसँग सहकार्य गर्न चाहेको बताएका थिए ।