फाइल तस्वीर

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति जो बाइडेन युरोपमा

By खबरहब

March 24, 2022

काठमाडौं– नेटोको आपतकालीन बैठकमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन बेल्जियमको राजधानी ब्रसेल्स पुगेका छन्। रुसले युक्रेनमाथि आक्रमण गरेपछि उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को बैठक बस्न लागेको हो।

 बैठकले पूर्वी युरोपका देशहरूको सुरक्षाका लागि थप सैनिक परिचालन गर्नसक्ने बीबीसीले जनाएको छ। यसैबीच राष्ट्रपति बाइडेन जी सेभेन बैठकमा पनि सहभागी हुने जनाइएको छ। 

बैठकले रुसविरुद्ध घोषणा गरिएका प्रतिबन्धहरूको कार्यान्वयनबारे थप निर्णय गर्नसक्ने जनाइएको छ। बैठकले रुसमाथि थप नाकाबन्दी लगाउनुका साथै रुसका नेताहरू, पुटिन निकट व्यापारीहरू तथा रुसी संस्थाहरूमाथि थप प्रतिबन्ध घोषणा गर्ने जनाइएको छ।