फाइल फोटो

अन्तर्राष्ट्रिय

बेलायतले युक्रेनलाई करिब ६ हजार मिसाइल दिने

By खबरहब

March 24, 2022

एजेन्सी– बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनलाई करिब ६ हजार मिसाइल दिने घोषणा गर्न लागेका छन् ।

ब्रसेल्समा नेटो र जी–७ का नेताहरूको बिहीबार बस्ने बैठकमा ६ हजार मिसाइल युक्रेनलाई प्रदान गर्ने घोषणा हुन लागेको हो । बेलायतले यसअघि करिब ४ हजार मिसाइल उपलब्ध गराएको थियो ।

त्यस्तै, जोनसनले युक्रेनी सैनिक र पाइलटहरूका लागि भनेर २ करोड ५० लाख पाउण्ड आर्थिक सहयोगको पनि घोषणा गर्न लागेका छन् ।

त्यसैगरी, युक्रेनी र रुसी भाषा सेवाहरूलाई सहयोग गर्न बीबीसी वल्र्ड सर्भिसलाई ४.१ मिलियन पाउण्ड उपलब्ध गराउन लागेको बताइएको छ । बीबीसी