तस्वीर- एपी

अन्तर्राष्ट्रिय

नेटोले पूर्वी युरोपमा थप सेना पठाउने

By खबरहब

March 24, 2022

काठमाडौं– उत्तर एटलान्टिक सन्धी संगठन नेटोले पूर्वी युरोपमा थप सैनिक पठाउने भएको छ । नेटोका महासचिव येन्स स्टोल्टेनबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र सम्भवत नेटो आवद्ध राष्ट्रहरुले यस विषयमा सहमति जनाउने बताए ।

नेटोको आसन्न सम्मेलनको पूर्वसन्ध्यामा ब्रसेल्समा अयोजित एक पत्रकार सम्मेलनमा स्टोल्टेनबर्गको यस्तो भनाइ आएको हो । उनले हाल युक्रेनमा रुसले जारी राखेको आक्रमणलाई मध्यनजर राख्दै पूर्वी युरोपमा थप सैनिक परिचालनको आवश्यकता रहेको टिप्पणी गरे ।

सम्मेलनमा बोल्दै स्टोल्टेनबर्गले भने, ‘मलाई लाग्छ अहिले पूर्वी युरोपमा थप सैनिक आवश्यकता छ, यो योजनालाई हामीले प्रस्तुत गर्नेछौँ र नेटो आबद्ध राष्ट्रहरुले यसलाई समर्थन गर्नेछन् ।’

यद्यपि रुससँग प्रत्यक्ष लडाईमा संलग्न हुने नेटोको कुनै चाहना नरहेको उनले स्पष्ट पारे ।