सांकेतिक तस्वीर

समाचार

ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

By खबरहब

March 24, 2022

मकवानपुर- मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तिपुरमा गएराती ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक मकवानपुरकै राक्सिराङ गाँउपालिका–८ का २८ वर्षीय सागर स्याङतान रहेका छन् ।

गएराती २ बजे हेटौँडाको भुन्द्रुङबाट बस्तिपुर तर्फ आउँदै गरेको ना ६ त १८४५ नम्बरको ट्रयाक्टर स्थानीय राप्तिखोलामा खसेको थियो ।

काठको पुल भाँचिएर ट्रयाक्टर खोलामा खस्दा चालकको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टरमा सवार स्थानीय १६ वर्षीय बिशाल बल भने सकुशल रहेको इलाका प्रहरी कार्यालय ज्यामिरेले जानकारी दिएको छ