फाइल फोटो

समाचार

भारतबाट आयात गरेर उद्योगलाई विद्युत् दिन्छौँ : प्राधिकरण 

By खबरहब

March 24, 2022

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरेरै उद्योगमा विद्युत् दिने बताइको छ । 

भारतमा ऊर्जा संकट भएपछि केही दिनयता उद्योगलाई दिने विद्युत् कटौती गरेको प्राधिकरणले बिहीबार मध्यरातिबाट फेरि भारतबाटै आयात गरेर उद्योगलाई विद्युत् दिने बताएको हो । 

‘आज रातिबाट भारतबाट नै फरक मूल्यमा विद्युत आयात गर्छाैं,’ पत्रकार सम्मेलनमा प्राधिकरण प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, ‘भारतबाट आयात  गरेर हामी उद्योगलाई विद्युत् दिन्छौं ।’