अपराध

शंखमूलमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

By खबरहब

March 24, 2022

काठमाडौँ- काठमाडौँको शंखमूलमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको मन्थलीका राजेश बुढाथोकी, दोलखाको नाम्दुका रोशन लामा, भक्तपुरको थिमीका पुकार केसी, सिन्धुपाल्चोकका प्रवीण नेपाल र रामेछापका संजीव मोक्तानलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

बुधबार ८/९ जनाको समूहले सुरज खड्का नाम गरेका युवकलाई खुकुरी प्रहार गरेका थिए। पक्राउ परेका उनीहरुलाई ज्‍यानसम्बन्धी कसूरमा थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत बानेश्वरमा पठाइएको छ ।