अन्तर्राष्ट्रिय

चिनियाँ ऋणले थिचिएको श्रीलंकाले गरेको सहयोगको प्रस्ताव अस्वीकार

By खबरहब

March 24, 2022

एजेन्सी– आर्थिक संकटमा परेको श्रीलंकाले ऋणमा पुनरावलोकन गर्नका लागि गरेको प्रस्ताव चीनले अस्वीकार गरेको छ ।

चीनबाट विगतमा लिएको ऋणका कारण पनि श्रीलंका समस्यामा पर्दै आएको छ । यही ऋणमा पुनर्विचार र पुनःनिर्धारणका लागि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले गरेको आग्रहलाई चीन सरकारले अस्वीकार गरेको हो ।

राजापाक्षेले आफूहरू संकटमा परेकाले सहयोग गर्न भन्दै गरेको आग्रहलाई चिनियाँ विदेशमन्त्री वाङ ईले कुटनीतिक जवाफ दिएर अस्वीकार गरेको हङकङ पोष्टले जनाएको छ ।

श्रीलंकामा आर्थिक संकट बढेपछि उपभोग्य सामग्री, इन्धनलगायतको अभाव हुन थालेको छ ।

श्रीलंका चीनको ऋणले थिचिएपछि म्यानमार, मलेसिया र नेपालले पनि चिनियाँ परियोजनाहरू अगाडि नबढाउन खोजेको हङकङ पोष्टले जनाएको छ ।

श्रीलंकाले चीनबाट करिब ८ अर्ब डलर ऋण लिएको छ ।