बलिउड/हलिउड

सलमानलाई अदालतले दियो हाजिर हुने आदेश

By खबरहब

March 24, 2022

काठमाडौँ- बलिउड अभिनेता सलमान खानलाई अदालतले ५ अप्रिलमा पेश हुन् आदेश दिएको छ । सलमानविरुद्ध मुम्बईको अंधेरी कोर्टले ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिएको हो । अशोक श्यामलाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेका सलमानसँगै उनका बडिगार्डलाई अप्रिल महिनाको ५ तारिखमा अदालतले पेश हुन आदेश दिएको छ ।

घटना तीन वर्ष पुरानो हो जब पत्रकार अशोक पाण्डेले सलमानले साइकल चलाउँदै गरेको भिडियो सुट गर्न कोसिस गरेका थिए । त्यतिबेला सलमान र उनका बडिगार्डले अशोकमाथि दुर्व्यवहार गरेका थिए र उनको फोन पनि खोसेका थिए । अशोकले सलमानविरुद्ध गरिएको उजुरीमाथि कारवाही नगरेको भन्दै प्रहरीमाथि पनि आरोप लगाएका थिए ।