मनोरञ्जन

चलचित्र ‘सरी मम’ को छायाङ्कन सुरु

By खबरहब

March 24, 2022

काठमाडौँ– चलचित्र ‘सरी मम’ को छायाङ्कन सुरु भएको छ । बिहीबार काठमाडौँको भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म ‘सरी मम’को छायांकन सुरु गरिएको हो ।

क्यामेरा पूजा गर्दै थालिएको छायाङ्कनमा अभिनेत्री सरिता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए ।

निर्माता तथा वितरक गोपाल काजी कायस्थले क्ल्याप हानेको मुहूर्त सर्टको निर्देशन रञ्जीत रानाले गरेका थिए ।

विनोद लामाको प्रस्तुतिमा निर्माण हुने फिल्ममा सरिता र प्रभातका अलावा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवालको अभिनय रहने छ । यसको सम्पूर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिनेछ ।

एनएफआई क्रियसनको ब्यानरमा निर्माण हुने फिल्मलाई नविन बोगटीले निर्देशन गर्दै छन् । उनले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दै छन् । ३० दिनको छायाङ्कन सेड्युल राखिएको फिल्मलाई दीर्घ गुरुङले छायाङ्कन गर्ने छन् ।