समाचार

थप ३५ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

By खबरहब

March 24, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय ६८ जनामा परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

हाल देशभर २ हजार २१९ जना सक्रिय संक्रमित रहेका छन्।