तस्वीर- पीटीआई

अन्तर्राष्ट्रिय

मुलुकमा विदेशी सैन्य उपस्थितिको दाबी असत्य : मालदिभियन रक्षा मन्त्रालय

By खबरहब

March 24, 2022

काठमाडौं– मुलुकमा विदेशी सैन्य उपस्थिति रहेको दाबी असत्य रहेको मालदिभ्सको रक्षा मन्त्रालयले जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै रक्षा मन्त्रालयले मुलुकमा कुनै किसिमको विदेशी सैन्य उपस्थिति नरहेको जनाएको हो ।

विपक्षी दलले भारत विरोधी राजनीतिक अभियान चलिरहेका बेला त्यहाँ भारतीय सैनिक उपस्थिति रहेको गलत सूचना प्रवाह भइरहेको बताइएको छ । सोही दुष्प्रचारलाई सम्बोधन गर्दै रक्षा मन्त्रालयले यस्तो झुटो समाचारको पछि नलाग्न समेत आह्वान गरेको छ ।

अघिल्लो वर्षको फेब्रुअरी महिनामा मालदिभ्स र भारतबीच मालदिभ्सको राष्ट्रिय रक्षा बलको तटरक्षक एकाइका लागि सिफ्भरु उथुरु थिलाफल्हुमा बन्दरगाह निर्माण गर्ने सम्झौतामा हस्ताक्षार भएको थियो ।

त्यसयता विपक्षी नेता अब्दुल्लाह यामिनले यस सम्झौताले मुलुकमा भारतीय फौज तैनाथ हुने भन्दै बयानबाजी दिँदै आएका छन् । पूर्वराष्ट्रपति समेत रहेका यामिनको चीनसँग निकै नजिकको सम्बन्ध रहेको विश्वास गरिन्छ । यामिनका आलोचकहरुले भने मालदिभ्समा भारतविरोधी भावना भड्काएर उनले राजनीतिक लाभ लिन खोजेको आरोप लगाउने गरेका छन्