तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

साउदी पाठ्यक्रममा योगलाई पनि समावेश गरिने

By खबरहब

March 24, 2022

काठमाडौं– साउदी अरबमा चाँडै योगलाई विद्यालय पाठ्यक्रममा समावेश गरिने भएको छ । शारीरिक एवम् मानसिक हिसाबमा फाइदाजनक रहेकाले योगलाई साउदी पाठ्यक्रममा समावेश गर्न लागिएको साउदी योग समितिकी अध्यक्ष नउफ अल मरावीले जनाएकी हुन् ।

साउदी शिक्षा मन्त्रालयसँगको समन्वयमा योगलाई पाठ्यक्रममा समावेश गर्न लागिएको उनको भनाइ छ । बहुआयामिक फाइदा रहेका कारण यसलाई पाठ्यक्रममा समावेश गर्ने प्रस्ताव ल्याइएको मरावीले बताइन् । यसका लागि साउदी विद्यालय खेलकुद महासंघसँग पनि सहकार्य गरिने बताइएको छ ।

यसअघि सन् २०१७ मा त्यहाँको वाणिज्य मन्त्रालयले योगलाई प्रशिक्षण एवम् अभ्यासका लागि स्वीकृति प्रदान गरेको थियो । पछिल्लो समय साउदी अरबमा योग र यसको महत्वलाई प्रोत्साहन गर्नका लागि साउदी अरबमा विभिन्न कार्यक्रमहरुको आयोजना हुँदै आएको छ ।

यससँगै त्यहाँ योगको अभ्यास र प्रशिक्षण गर्ने मानिसहरुको संख्या पनि बढ्दै गइरहेको अरब न्युजले जनाएको छ ।