राजनीति

गगन थापा काँग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक

By खबरहब

March 24, 2022

काठमाडौँ– नेपाली काँग्रेसले महामन्त्री गगन थापालाई स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेको छ ।

पार्टीले आज विज्ञप्ति जारी गरी सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेको जनाएको हो ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गते बसेको बैठकको निर्णयअनुसार थापालाई यो जिम्मेवारी दिइएको हो ।