राजनीति

एमाले अध्यक्ष केपीशर्मा ओली गफाडी हुन्ः माधव नेपाल

By खबरहब

March 24, 2022

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपीशर्मा ओलीलाई गफाडीको संज्ञा दिएका छन् ।

जनकपुरधाममा बिहीबार पार्टीको मधेश प्रदेश कमिटीको विस्तारित बैठकमा अध्यक्ष नेपालले ओली गफाडी रहेको र गफ दिँदै हिँडेको टिप्पणी गरेका हुन् ।

ओलीले कहिले नेपालमा पानी जहाज चलाउने त कहिले रसुवामा रेल पुग्नेलगायत कुराहरू गरेर गफ दिने काम गर्दै आएको उनले आरोप लगाए ।

अध्यक्ष नेपालले ओलीमा चार किसिमको अहंकार प्रवृत्ति देखिएको पनि बताए । ओलीमा व्यक्तिवादी, निरंकुशतावादी, दक्षिणपन्थी, अवसरवादी र आत्मसमर्पणवादी प्रवृत्ति देखिएको आरोप लगाए ।

अध्यक्ष नेपालले ओलीको युग सकिएको पनि टिप्प्णी गरेका छन् । १५ वर्ष यो देशमा राज गर्ने भनेर सोचका ओलीको युग सकिएको उनकाे भनाइ छ ।