फाइल फोटो

समाचार

देशका केही स्थानको मौसममा सामान्यदेखि आंशिक बदली

By खबरहब

April 24, 2022

काठमाडौँ – स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानको मौसममा सामान्यदेखिआंशिक बदली भएको छ।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिनभर प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाको आँकलन छ।

भोलि सोमवार प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।