खेलकुद

बायर्न लगातार १०औँ पटक बुन्डेसलिगाको च्याम्पियन

By खबरहब

April 24, 2022

काठमाडौँ – बोरुसिया डर्टमुन्डलाई ३-१ अन्तरले पराजित गर्दै शनिबार राति बायर्न म्युनिख लगातार १०औँ सिजन जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ ।

घरेलु मैदान एलिएन्ज एरिनामा बायर्न बुन्डेसलिगाको तीन खेल बाँकी छँदै ३२औँ उपाधि जित्न सफल भयो ।

बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले १-१ गोल गरे । डर्टमुन्डका इम्री क्यानले १ गोल फर्काए ।

जितसँगै च्याम्पियन बनेको बायर्नको ३१ खेलबाट ७५ अंक छ । दोस्रो स्थानको डर्टमुन्डको समान खेलबाट ६३ अंक छ ।

सन् २०१२-१३ को सिजनपछि बायर्नले घरेलु फुटबलमा वर्चस्व कायम गर्दै लगातार च्याम्पियन बन्न सफल भएको छ ।